काठमाडौँ - प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह संयुक्त अरब इमिरेट्स (यूएई)को अबुधावी प्रस्थान गरेका छन्। इन्टरपोलको २४ औं एसियाली क्षेत्रीय सम्मेलनमा सहभागी हुन सिंह त्यसतर्फ लागेका हुन्। इन्टरपोलको क्षेत्रीय सम्मेलन माघ २४ देखि २६ सम्म सञ्चालन हुँदैछ। सिंहसँगै इन्टरपोल शाखाका एसपी अनुपमशमशेर जबरा पनि त्यसतर्फ लागेका छन्।
प्रहरी अतिरिक्त महानिरीक्षक सहकुलबहादुर थापाले सिंहलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिदाइ गरेका छन्। सम्मेलनमा एशियाली मुलुकका प्रहरी प्रमुखहरु सहभागी हुनेछन्।