काठमाडौँ - केकेपछि अर्का चर्चित गायक मुरली महापात्राको स्टेजमै प्रस्तुतिको क्रममा निधन भएको छ। दुर्गा पूजाको कार्यक्रममा प्रस्तुति दिन आएका उनको ४ वटा गीत गाइसकेपछि अचानक मृत्यु भएको हो।
उनलाई अस्पताल पुर्याईसक्दा चिकित्सकले मृत घोषणा गरेका थिए। मुरलीको निधनले फ्यानमा शोकको लहर छाएको छ। यसैगरी गायक केकेको पनि स्टेजमा कार्यक्रम गर्दै गर्दा निधन भएको थियो।
ओडिशाका प्रसिद्ध गायक मुरली महापात्राको राम्रो फ्यान फलोइङ छ। मुरली महापात्रा कोरापुटको दुर्गा पूजामा सहभागी भइरहेका बेला अचानक स्टेजबाट ढलेका थिए। मुरलीको निधन फ्यानका लागि ठूलो झट्का भएको छ।
जानकारी अनुसार मुरली महापात्राको स्वास्थ्य स्थिती राम्रो थिएन। ओडिशाको जयपुर सहरमा उनको प्रदर्शन हेर्न टाढा टाढाबाट मानिसहरु आएका थिए। यस कार्यक्रममा उनले चारवटा गीत गाएका थिए र त्यसपछि पाँचौं गीत सुरु गर्नुअघि नै उनी स्टेजबाट एक्कासी ढलेका थिए। मुरलीको हृदयघातका कारण मृत्यु भएको अनुमान गरिएको छ।