काठमाडौँ - नेपाल आयल निगम र इन्डियन आयल कर्पोरेसनबीच पेट्रोलियम पदार्थ खरिद बिक्रीसम्बन्धी सम्झौता गर्न संयुक्त बैठक बस्ने भएको छ।
पछिल्लो सम्झौताको अवधि चैत १६ गते सकिने भएपछि फागुन २३ गते सोमबार उक्त बैठक आयोजना गरिएको हो।
हरेक पाँच वर्षमा सम्झौता नवीकरण गरिँदै आएको छ।