श्रेयसको शतक र किशनको विष्फोटक ब्याटिङमा भारतको जीत

काठमाडौँ - घरेलु टोली भारतले दक्षिण अफ्रीकाविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत दोस्रो खेलमा जित हात पारेको छ। उसले गएरातिसम्पन्न खेलमा ७ विकेटकाे जित हात पारेकाे हाे।

भारतकाे याे जितसँगै ३ खेलकाे सिरिज १-१ को बराबरीमा आएकाे छ। २७९ रनको लक्ष्य भारतले ४५.५ ओभरमा ३ विकेट गुमाउँदै भेट्टायाे। भारतका लागि श्रेयस अय्यरले १११ बलमा १५ चाैकासहित अविजित ११३ रनको शतकीय पारी खेलेका थिए। ९३ रनकाे उत्कङ पारी खेलेका इशान किशनले ८४ बलमा ७ छक्का र ४ चाैका प्रहार गरेका थिए।

सञ्जु स्यामसनले अविजित ३०, शुभमन गिलले २८ र कप्तान शिखर धवनले १३ रन जाेडेका थिए। दक्षिण अफ्रिकाका लागि बजाेर्न फाेर्टुन, वायन पार्नेल र कागिराे रवाडाले १/१ विकेट लिएका थिए।

त्यसअघि राँचीस्थित जेएससिए अन्तर्राष्ट्रिय स्टेडियम कम्प्लेक्समा टस जितेर ब्याटिङ राेजेकाे दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २७८ रन बनाएकाे थियाे।

उसका लागि एडेन मार्करम र रीजा हेन्ड्रिक्सले उत्कृष्ट प्रदर्शन गरेका थिए। मार्करमले ८९ बलमा ७ चाैका र १ छक्कासहित ७९ रन बनाएका थिए। ७४ रनकाे याेगदान दिएका हेन्ड्रिक्सले ७६ बलमा ९ चाैका र १ छक्का प्रहार गरेका थिए।

डेविड मिलरले अविजित ३५,हेन्रिच क्लासेनले ३०, जान्नेम्यान मलानले २५ र वायन पार्नेलले १६ रन जाेडेका थिए। भारतका लागि माेहम्मद सिराजले ३ तथा वासिङ्टन सुन्दर, शहबाज अहमद, कुलदीप यादव र शार्दुल ठाकुरले १/१ विकेट हात पारेका थिए।

पहिलाे खेलमा दक्षिण अफ्रिका ९ रनले विजयी भएकाे थियाे। तेस्रो  तथा अन्तिम खेल भाेलि हुनेछ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×