हवाई भाडादरमा वृद्धि

काठमाडौँ - नेपाल  वायुसेवा सञ्चालक सङ्घले हवाई भाडादर वृद्धि गरेको छ।

आइतबारदेखि लागू हुने नयाँ भाडादरमा काठमाडौँबाट पर्वतीय उडानमा ३४० रुपैयाँसम्म वृद्धि भएको छ। सबभन्दा बढी काठमाडौँबाट धनगढी ४४५ रुपैयाँ र सबभन्दा कम काठमाडौँबाट भरतपुर १०५ रुपियाँ बढेको छ। नेपाल आयल निगमले बिहीबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको थियो।

निगमले  हवाई  इन्धनमा  अन्तर्राष्ट्रियतर्फ १०० अमेरिकी डलरले वृद्धि गरी प्रतिकिलोलिटर एक हजार २९५ डलर र आन्तरिकतर्फ प्रतिलिटर १० रुपैयाँले वृद्धि गरी १३६ रुपियाँ निर्धारण गरेको  थियो। मूल्य समायोजनसँगै सङ्घले शनिबार आन्तरिक उडानमा नयाँ भाडादर सार्वजनिक गरेको गोरखापत्र दैनिकमा खबर छ ।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×