काठमाडौँ - बलिउड फिल्म ‘शेरशाह’ ‘फिल्मफेयर अवार्ड २०२२’ मा उत्कृष्ट फिल्म घोषित भएको छ। मंगलवार साँझ मुम्बईमा आयोजित ६७ औँ संस्करणको अवार्ड समारोहमा सिद्धार्थ मल्होत्रा अभिनित फिल्म ‘शेरशाह’ यसवर्षको उत्कृष्ट फिल्म बनेको हो।
‘शेरशाह’ बाटै विष्णु वर्धनले उत्कृष्ट निर्देशकको अवार्ड समेत हात पारेका छन्। त्यस्तै, फिल्म ‘८३’ बाट रणवीर सिंहले उत्कृष्ट अभिनेताको अवार्ड जितेका छन्। कृति सेनन फिल्म ‘मिमी’ बाट उत्कृष्ट अभिनेत्री घोषित भएकी छिन्।
विद्या बालनले फिल्म ‘शेरनी’ बाट उत्कृष्ट क्रिटिक्स अवार्ड पाउँदा विक्की कौशलले पनि फिल्म 'सरदार उधम' बाट बेस्ट एक्टर क्रिटिक्सको अवार्ड जितेका छन्।
रणवीर सिंह र अर्जुन कपुरले होस्ट गरेको कार्यक्रममा वरुण धवन, कियारा आडवाणी लगायतका बलिउड कलाकारहरूले प्रस्तुती दिएका थिए।