भाटभटेनी जात्राको तयारी पूरा

काठमाडौँ - टुँडालदेवीको हराएको गहना खोज्न प्रत्येक वर्ष मनाइने भाटभटेनी जात्रा आजदेखि सुरु हुँदैछ।

प्रत्येक वर्ष चैत्र शुक्ल चतुर्दशीदेखि सुरु गरिने भाटभटेनी जात्रा आजदेखि काठमाडौँ महानगरपालिका–५ को हाँडीगाउँ र वडा नंं ४ को टुँडालदेवी बालुवाटार क्षेत्रमा मनाइँदैछ। जात्राका लागि नक्सालको माने खटसमेत ल्याइने जात्रा सञ्चालन समितिका अध्यक्षसमेत रहनुभएका काठमाडौँ–५ का अध्यक्ष रमेश डङ्गोलले जानकारी दिए। भातको देउता बनाएर आज टुँडालदेवीमा लगिने जानकारी पनि उनले गराएका छन्। आज बेलुकीदेखि हुने जात्राका लागि सबै तयारी पूरा भएको जनाइएको छ। काठमाडौँमा मनाइने महत्वपूर्ण र अद्वितीय जात्रामध्ये भाटभटेनी पनि एक हो। यसलाई हाँडीगाउँ, टुँडालदेवी र गहना खोज्ने जात्रा भनेर पनि चिनिन्छ।

यही जात्राका लागि भाटभटेनीलाई रङरोगन गर्न मन्दिरबाट बाहिर निकालिन्छ। यो जात्राको सुरु भएका सम्बन्धमा एउटा कथा प्रचलित छ। धेरै वर्ष पहिले चण्डोलको टुँडालदेवी, नक्सालको महालक्ष्मी, बालाजुको मनमैँजु र नुवाकोटी देवी स्नान गर्न भनी ठूलो ताल हाल गहनापोखरी भएको स्थानमा गएछन्। स्नान गर्ने क्रममा टुँडालदेवीको गहना पोखरीमा हराएछ। त्यसैबेलादेखि यो पोखरीको महत्व बढ्नाका साथै नाम पनि गहनापोखरी राखिएको रहेछ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×