निर्माताले सार्वजनिक गरे ‘प्रेमगीत ३’को कमाइ

काठमाडौँ - ‘प्रेमगीत ३’का निर्माताले दुई सातामा नेपाल र भारतमा फिल्मले गरेको कमाइ सार्वजनिक गरेका छन्। निर्माण कम्पनी आशुसेन फिल्म्सका अनुसार फिल्मले २ सातामा नेपालबाट ११ करोड ८१ लाख रुपैयाँ ग्रस कमाएको छ।

पहिलो साता ७ करोड ९६ लाख रुपैयाँ ग्रस र दोस्रो साता ३ करोड ८५ लाख रुपैयाँ ग्रस कमाइ गरेको जनाइएको छ। निर्माताका अनुसार नेपाली र हिन्दी दुवै संस्करणबाट फिल्मले यो कमाइ गरेको हो।

भारतमा फिल्मले २ सातामा ५ करोड ३२ लाख भारु कमाइ गरेको जनाइएको छ। ओभरसिज (नेपाल र भारतबाहेक) फिल्मले २ सातामा ९ करोड १४ लाख भारु कमाएको पनि उल्लेख छ। यसरी हेर्दा फिल्मको २ साताको विश्वव्यापी कमाइ ३४ करोड १३ लाख नेपाली रुपैयाँ रहेको जनाइएको छ।

सन्तोष सेन र छेतेन गुरुङ निर्देशित यो फिल्म दशैं छेकोमा प्रदर्शनमा आएको थियो। प्रदीप खड्का अभिनित फिल्मले एकैदिन विश्वव्यापी प्रदर्शन हुने नेपाली फिल्मको कीर्तिमान समेत रचेको थियो।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×