काठमाडौँ - स्पेनिस ला लिगामा बार्सिलोनाले भिल्लारियललाई हराएको छ। बार्सिलोनाले घरेलु मैदान नाउक्याम्पमा भिल्लारियललाई ३-० गोल अन्तरले हराएको हो।
बार्सिलोनाका रोबर्ट लेवान्डोस्कीको २ तथा अन्सु फातीले १ गोल गरेका थिए। बार्सिलोनाले पहिलो हाफमा ८ मिनेटको अन्तरमा ३ गोल गरेको थियो।
जितसँगै बार्सिलोनाले १० खेलमा २५ अंक जोडेको छ। शीर्षस्थानमा रहेको रियल म्यड्रिडको २८ अंक रहेको छ। पराजित भिल्लारियल १५ अंकका साथ नवौं स्थानमा रहेको छ।