दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा वेस्ट इन्डिजसँग नेदरल्यान्ड्स पराजित

काठमाडौँ - नेरदल्यान्ड्स भ्रमणमा रहेको वेस्ट इन्डिजले बिहीबार राति दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ५ विकेटको विजय हासिल गरेको छ।

अम्सटरडमस्थित भीआरए क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको नेदरल्यान्ड्सले ४८.३ ओभरमा सबै विकेट गुमाएर २१४ रन बनाएको थियो। २१५ रनको लक्ष्य  वेस्ट इन्डिजले ४५.३ ओभरमा पाँच विकेट गुमाएर पूरा गरेको हो।

नेदरल्यान्ड्सका शीर्षक्रमका ब्याट्सम्यानले राम्रो प्रदर्शन गरे पनि मध्य र तल्लोक्रमका ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन्। ओपनर बिक्रमाजित सिंहले ४६ र म्याक्स ओ‘डोउडले ५१ रन बनाएका थिए। स्कट इडवार्डले ६८ रन बनाउनुबाहेक अरू खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्।

वेस्ट इन्डिजका अकिल होसैनले ४ विकेट लिए। अल्जारी जोसेफले २ विकेट लिँदा एन्डरसन फिलिप, हाएडेन वाल्स र क्रुमाह बोनरले १/१ विकेट लिएका थिए।

२१५ रनको लक्ष्य पूरा गर्नेक्रममा वेस्ट इन्डिजका ब्रान्डन किङले अविजित ९१ रन बनाए। केची कार्टेले अविजित ४३ रन जोडे। यी दुईले छैटौँ विकेटका लागि ११५ रनको अविजित साझेदारी गरेका थिए। काइल मायर्सले २२ र साई होपले १८ रन बनाए। निकोलस पुरनले १० रनको योगदान गरेका थिए।

नेदरल्यान्ड्सका बस डी लीडेले २ विकेट लिँदा लोगन भान वीक, आर्यन दत्त र शारिज अहमदले १/१ विकेट लिए।

तेस्रो एकदिवसीय खेल शनिबार हुनेछ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×