इटालीको इंग्ल्यान्डसँग गोलरहित बराबरी

काठमाडौँ - युरोपियन च्याम्पियन इटालीले शनिबार राति यूईएफए नेसन्स लिग ‘ए’मा इंग्ल्यान्डसँग गोलरहित बराबरी खेलेको छ।

युरो २०२० को फाइनलपछि इंग्ल्यान्ड र इटालीले पहिलोपटक प्रतिस्पर्धा गरेका हुन्। लन्डनको वेम्बली रंगशालामा सम्पन्न युरो २०२० को फाइनलमा इटालीले इंग्ल्यान्डलाई पेनाल्टी सुटआउटमा ३-२ ले हराउँदै उपाधि जितेको थियो।

गए राति इटालीले घरेलु मैदानमा भने इंग्ल्यान्डलाई हराउन असफल भयो। दुवै टोलीले समान दुई गोलका राम्रा अवसर सिर्जना गरे पनि त्यसलाई सदुपयोग गर्न नसक्दा एक अंकमा चित्त बुझाए।

बराबरीपछि यूईएफए नेसन्स लिग ‘ए’को समूह-३ मा इटाली तीन खेलबाट ५ अंक जोडेर शीर्ष स्थानमा रहेको छ। इंग्ल्यान्ड २ अंकका साथ पुछारमा रहेको छ। ४ अंक जोडेको हंगेरी दोस्रो स्थानमा रहेको छ भने ३ अंक जोडेको जर्मनी तेस्रो स्थानमा रहेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×