मकवानपुर - हेटौंडा उपमहानगरपालिका–१५ सएफुटबाट अवैध लागूऔषध गाँजा करिब २० केजी शुक्रबार दिउँसो प्रहरीले बरामद गरेको छ ।
प्रहरी चौकी रातोमाटेबाट गस्तीमा खटिएको प्रहरीलाई देख्नासाथ हाल अल्फाबेट नखुलेको ८३६ नम्बरको मोटरसाइकल चालकले झोला फाली भागेकोले झोला जाँच गर्दा उक्त परिमाणको गाँजा फेला पारी बरामद गरेको हो ।
फरार व्यक्तिको खोजी गर्नुसा साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।