शिव परियारको स्वरमा रहेको गीत ‘लेख्छ कस्ले मर्ने मिति' सार्वजनिक

काठमाडौँ - गायक शिव परियारको स्वरमा रहेको ‘लेख्छ कस्ले मर्ने मिति’ बोलको गीत सार्वजनिक भएको छ। प्रिन्स लियोको शब्द रहेको गीतमा नेहर बुढाथोकीको संगीत रहेको छ। गीतको संगीत संयोजन विशाल निरौलाले गरेका हुन्।

गीतको भिडियोमा प्रिन्स लियो र बिना राउतको अभिनय देख्न सकिन्छ। पछिल्लो समय नेपाली समाजमा देखिएको सामाजिक  विकृतिले बिछोडिएको परिवारको कथा भिडियोमा देखाइएको छ । भिडियोमा प्रिन्स र बिनाका अलावा बालकलाकार आयुषा ढकाल र प्रशान्त डिसीको पनि अभिनय रहेको छ।

मिलन विश्वकर्माको सम्पादन रहेको भिडियो प्रकाश खड्काले छायांकन गरेका हुन्। भिडियोका निर्देशक विक्रम चौहान हुन्।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×