हिमेश पन्तले ९ सहरमा स्ट्यान्डअप कमेडी टुर गर्ने

काठमाडौँ - हिमेश पन्तसहितका ४ जना चर्चित हास्य कलाकारले देशव्यापी स्ट्यान्डअप कमेडी टुर गर्ने भएका छन्। ‘कलेजतिर’ नाम दिइएको यो टुर मुलुकका नौ सहरमा आयोजना हुने भएको छ।

कमेडी च्याम्पियन समेत रहेका हिमेशका अनुसार भदौ ११ गते झापाको बिर्तामोडबाट सुरु हुने टुर काभ्रेको धुलिखेलमा आएर टुंगिनेछ। हिमेशसहित सुजन जिम्बा, डोरेश खतिवडा र सरोज भण्डारीले पनि टुरमा सहकार्य गर्नेछन्।

विराटनगर, बुटवल, हेटौंडा, भरतपुर, पोखरा, काठमाडौं र ललितपुरमा समेत कार्यक्रम हुनेछ। युवालक्षित कार्यक्रम ती सहरका कलेजमा सञ्चालन हुने जनाइएको छ।

‘मोफसलका दर्शकमा लाइभ स्ट्यान्डअप कमेडीको अनुभव दिलाउने उद्देश्यले टुर गर्न लागेका हौं,’ हिमेशले भने, ‘युवासँग सम्बन्धित इस्युमा रहेर हामीले स्ट्यान्डअप कमेडी गर्नेछौं।’

युरोपेली मुलुक रोमानियामा डेब्यु फिल्म ‘वर एण्ड वधु’ छायांकन सकेर फर्किएपछि हिमेश टूरमा जुटेका हुन्। यसबाहेक उनी केदारप्रसाद घिमिरे माग्ने बुढाको रियालिटी शो ‘कमेडी हब’मा पनि जोडिएका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×