भारत। लोकप्रिय भारतीय गायिका असीस कौरले आज नेपाल टेक्ने भएकी छिन्। राजधानीको दरबारमार्ग स्थित क्लब प्लेटिनममा आयोजना हुने ‘राता लम्बिया नाइट विथ असीस कौर’ कार्यक्रमका लागि उनी नेपाल आउन लागेकी हुन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनी करिब २ बजे उत्रनेछिन्। कार्यक्रम फेलिज इन्टरनेसनल इभेन्टले आयोजना गर्न लागेको हो। भोलि हुने कार्यक्रममा कौरका अलावा नेपाली गायक याबेश थापाले समेत प्रस्तुति दिनेछन्।