रवी र रेखाको आवाजमा नयाँ गीत ‘लैजा जोवन’ सार्वजनिक

काठमाडौँ - रवी ओड र रेखा जोशीको आवाजमा नयाँ गीत सार्वजनिक भएको छ। नेपाल आइडल विजेता रवी र चर्चित देउडा गायिका रेखाको स्वरमा ‘लैजा जोवन’ बोलको गीत सार्वजनिक भएको हो। यो देउडा भाकामा तयार गीत हो।

गीतमा अबिनाश थापाको शब्द, भीम बिसीको संगीत र विश्व अधिकारीको एरेन्ज रहेको छ। नरेन भट्टराईको निर्देशनमा तयार भिडियोमा रवी र रेखा स्वयं प्रस्तुत भएका छन्।

साथमा दिया चाहर, दीपिका राना मगर, जिगर ओड, सुनिल बिसीलाई पनि देख्न सकिन्छ। केशव विश्वकर्माको छायाँकन रहेको भिडियोमा दिन्सन शाहको सम्पादन रहेको छ। ‘रवी ओड’ युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×