कतार विश्वकपका लागि रोनाल्डोको कप्तानीमा पोर्चुगलको टोली घोषणा

काठमाडौँ - पोर्चुगलले विश्वकप फुटबल खेल्ने टोलीको घोषणा गरेको छ। प्रमुख प्रशिक्षक फेर्नानडो सान्तोसले विश्वकप खेल्ने पोर्चुगलको २६ सदस्यीय टोलीको घोषणा गरेका हुन्।

पोर्चुगलले विश्वकपमा अहिलेसम्मको सबै भन्दा राम्रो प्रदर्शन १९६६ को विश्वकपमा तेस्रो स्थान हासिल गरेको थियो। विश्वकप खेल्ने पोर्चुगलको टिमबाट लिभरपुलबाट खेल्ने डिओगो जोटाले इन्जुरीका कारण टिममा ठाउ बनाउन सकेनन्। जोटा बाहेक पोर्चुगलका केहि चर्चित खेलाडीले टिममा स्थान बनाउन सकेनन्। जसमा जोआओ मोउटिन्हा (वोल्भ्स), रेनाटो सान्चेज (पिएसजी) रहेका छन्।

पोर्चुगलको टोली

गोलकिपर -रुइ पाट्रीसिओ (रोमा),जोस सा (वोल्भ्स),डिओगो कोस्टा (पोर्टो)

डिफेन्डर - पेपे (पोर्टो),रुबेन डियाज (म्यानचेस्टर सीटी),जोआओ कान्सेलो (म्यानचेस्टर सीटी),नुनो मेनडेज (पिएसजी),डिओगो डालोट (म्यानचेस्टर युनाइटेड),एन्टोनीयो सिल्भा (बेनिफिका),राफेल गुरेरियो (बोरुसिया डोर्टमण्ड),डानिलो पेरेइरा (पिएसजी)

मिडफिल्डर - भीटिन्हा (पिएसजी),विलियम कार्भाल्हो (रियल बेटिस),बेर्नान्डो सिल्भा (म्यानचेस्टर सीटी),जोआओ मारिओ (बेनिफिका),ब्रुनो फर्नानडेज (म्यान्चेस्टरयुनाइटेड),रुबेननेभेज (वोल्भ्स),जोआओ पाल्हिन्हा (वोल्भ्स),माथ्युज नुनेज (वोल्भ्स),ओटाभिओ (पोर्टो)

फरवार्ड - क्रिस्टियानो रोनाल्डो (म्यानचेस्टर युनाइटेड),जोआओ फेलिक्स (एटलेटिको म्याड्रिड),राफेल लीओ (एसी मिलान),रिकार्डो होर्टा (ब्रागा),गोन्कालो रामोस (बेनिफिका),
आन्द्रे सिल्भा (आरबी लेइपजिंग)

कतार विश्वकपमा समुह एचमा रहेको पोर्चुगलले आफ्नो पहिलो खेल नोभेम्बर २४ मा घानाविरुद्ध खेल्ने छ। त्यसैगरी दोस्रो खेल २९ नोभेम्बरमा उरुग्वेविरुद्ध खेल्ने छ भने तेस्रो खेल डिसेम्बर २ मा दक्षिण कोरियाविरुद्ध खेल्ने तालिका रहेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×