संयोजक साध्यबहादुरसहित ८४७ जना एकीकृत समाजवादीमा समाहित

काठमाडौं । राष्ट्रिय जागरण परिषद नेपाल र नेकपा एकीकृत समाजवादीबीच पार्टी एकता भएको छ ।

शुक्रबार एक समारोहबीच परिषद नेपालका संयोजक साध्यबहादुर भण्डारीसहित ८४७ जना एकीकृत समाजवादीमा समाहित भएका हुन् ।

भण्डारीसँगै उपाध्यक्ष भीमकुमारी गुरुङ, महासचिव हेमनाथ सेढाई, सचिव दुर्गानन्द चौधरी, गोकर्ण तामाङ, अर्जुन थापा, गोकुल थापालगायतका ८४७ जना नेता एकीकृत समाजवादीमा समाहित भएका हुन् ।

एकीकृत समाजवादीमा भण्डारीलाई स्थायी कमिटी, हेमनाथ सेढाई र दुर्गानन्द चौधरी र गोकुल थापालाई केन्द्रीय कमिटी सदस्यको जिम्मेवारी दिएको छ । यस्तै गुरुङलाई महिला सचिवालय सदस्यको जिम्मेवार दिएको छ ।

राष्ट्रिय जागरण परिषदबाट एकीकृत समाजवादी आएर जिम्मेवारी पाउने नेताहरु केन्द्रीय सदस्यमा ९ जना छन् भने ५१ जनाले विभिन्न जिम्मेवारी पाएका छन् । परिषदले ४३ जिल्लाका कार्यकर्ताको सूची समाजवादीलाई बुझाएको छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×