दाङ- पाँच जनाको ज्यान जानेगरी भएको आगलागीको घटनाको शोकमा तुलसीपुरका व्यवसायीले एक दिन तुलसीपुर बजार बन्द गरेका छन्।
तुलसीपुर चेम्बर अफ कमर्स र तुलसीपुर उद्योग वाणिज्य संघको आह्वानमा तुलसीपुर बजार एक दिन बन्द गरिएको हो। यसैबीच तुुलसीपुर चेम्बर अफ कर्मसका अध्यक्ष टोपबहादुर घर्तीले घटनाप्रति दुःख व्यक्त गर्दै उचित राहतका लागि स्थानीय, प्रदेश र संघीय सरकारसँग माग गरेका छन्।