मोसुलस्थित टर्कीको वाणिज्य दूतावासलाई लक्ष्य गरी मोर्टार आक्रमण

काठमाडौं– इराकको उत्तरी प्रान्त निनेभेको राजधानी मोसुलस्थित टर्कीको वाणिज्य दूतावासलाई लक्षित गरी मंगलबार राति लगातार छ पटक माेर्टार आक्रमण भएको छ।  

आक्रमणमा दूतावासको संरचनामा क्षति पुगेको मोसुल प्रहरीले बताएको छ। हालसम्म कुनै पनि समूहले आक्रमणको जिम्मेवारी लिएको छैन। 

यही साउन ४ गते इराकको अर्ध–स्वायत्त क्षेत्र कुर्दिस्तानको दुहोक रिसोर्टमा टर्कीले गरेको बम आक्रमणमा नौ जना सर्वसाधारणको मृत्यु हुनाका साथै दर्जनौं घाइते भएका थिए। उक्त आक्रमण टर्कीको सेनाले गरेको आरोप इराक सरकारले लगाएको छ भने त्यसको अङ्काराले अस्वीकार गरेको छ।

टर्कीको सेनाले इराकको कुर्दिस्तान तथा विशेष गरी कुर्दिस्तान वर्कर्स पार्टी (पिकेके) को मुख्य आधार कान्दिल पर्वतमा बारम्बार स्थल कारबाही, हवाई आक्रमण र बम प्रहार गर्दै आएको छ।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×