काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक आज –मंगलबार) देखि ललितपुरको बालकुमारीमा सुरु हुँदैछ ।
भोलिसम्म चल्ने बैठकमा पार्टीको आसन्न महाधिवेशनका लागि वैचारिक दृष्टिकोण, देशभर पार्टी संगठनको अवस्था, जनवर्गीय संगठनका कार्य प्रगति, पार्टीको आन्तरिक विवाद, समसामयिक परिस्थितिबारे छलफल गरिने बैठकमा प्रदेश, क्षेत्र र भूगोलको सन्तुलन मिलाएर आवश्यक स्थानमा नेताहरुको जिम्मेवारी तोकिनेछ ।
महाधिवेशन प्रतिनिधि छनोटका लागि मापदण्ड तय गर्ने बैठकमा सङ्गठन बिस्तार तथा पार्टी आधारभूत तहसम्म स्थापित गर्न आवश्यक कार्ययोजनाबारे छलफल गरिने केन्द्रीय प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले जानकारी दिएका छन् ।