महेन्द्रनगर । गृहमन्त्री ओमप्रकाश अर्यालले सोमबार कञ्चनपुरको दोधारा चाँदनी क्षेत्रमा बन्ने सुक्खा बन्दरगाह (ड्राइपोर्ट) निर्माणस्थलको निरीक्षण गरेका छन्। धनगढीमा मंगलबार आयोजना हुने सुदूरपश्चिम प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा सहभागी हुन पुगेका मन्त्री अर्यालले सो अवसरमा निर्माणाधीन परियोजनाको प्रगतिसमेत अनुगमन गरेका हुन्।
गृहमन्त्रीका निजी सचिव परशुराम पोखरेलका अनुसार मन्त्रीसँगै सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालसहितको टोलीले सीमा क्षेत्र र सुक्खा बन्दरगाहको निर्माण अवस्थाबारे प्रत्यक्ष जानकारी लिएको हो।
पोखरेलले भने, “प्रदेश सुरक्षा गोष्ठीका लागि आएको अवसरमा बन्दरगाह निर्माणस्थल पनि निरीक्षण गरिएको हो। मन्त्रीसँगै सशस्त्र प्रहरी बलको उच्च टोली पनि साथमा थियो।”
भारतीय सरकारको सहयोगमा निर्माण भइरहेको यो सुक्खा बन्दरगाह तीन वर्षभित्र पूरा गर्ने लक्ष्य राखिएको छ। भारतीय पक्षले आवश्यक ठेक्का प्रक्रियाबाट काम सुरु गरिसकेको र निर्माण सामग्री तथा मेसिनरी भारतबाट आयात प्रक्रिया सुरु भएको निर्माण व्यवसायीहरूले जनाएका छन्।
दोधारा चाँदनीमा निर्माणाधीन यो सुक्खा बन्दरगाह सञ्चालनमा आएपछि सीमावर्ती व्यापार, राजस्व व्यवस्थापन तथा भन्सार प्रक्रियामा सहजता आउने अपेक्षा गरिएको छ।
अनुगमनसँग सम्बन्धित मुख्य बुँदा:
-
गृह मन्त्रालयको टोलीद्वारा प्रत्यक्ष अनुगमन
-
सशस्त्र प्रहरीका उच्च अधिकारीको सहभागिता
-
भारतीय सहयोगमा तीव्र गतिमा निर्माणकार्य
-
निर्धारित ३ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य
.png)
.png)
.png)
.png)
.png)
.png)
.jpg)

