इलोन मस्कको 'ठट्टा' पछि म्यानचेस्टर युनाइटेड किन्नेमा र्‍याटक्लिफको चर्चा

काठमाडौँ - ब्रिटिस अर्बपति जिम र्‍याटिक्लिफले प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड बिक्रीमा भएको खण्डमा आफू किन्न इच्छुक भएको जनाएका छन्। सीएनएनको इमेलको उत्तरदिँदै र्‍याटक्लिफका प्रवक्ताले यसको पुस्टि गरेका छन्।

'यो क्लब बिक्रीमा भएको खण्डमा यसमा हाम्रो रुची छ,' उनले जवाफमा भनेका छन्।

फोर्ब्सका अनुसार म्यानचेस्टर युनाइटेडको मुल्य ४.६ बिलियन डलर छ। हाल युनाइटेडको स्वामित्व अमेरिकी ग्लेजर परिवारिसँग छ। संसारका ठूला क्लब मध्येको युनाइटेडले सन् २०१३ यता प्रिमियर लिग जित्न सकेको छैन। यसपालाको सिजनमा लगातार २ खेलमा पराजय व्यहोरेको युनाइटेडले खराब सुरुवात गरेको छ।

युनाइटेड लिगमा र्‍याटक्लिफको चर्चा ब्लुमबर्ग रिपोर्टमा स्रोतको हवाला दिँदै आएको थियो। जसमा बिक्रीमा भएको खण्डमा उनले क्लब लिन चाहेको जनाइएको थियो।

यता ग्लेजर परिवारले क्लब बेच्न चाहेको हो या होइन भन्ने स्पष्ट भइसकेको छैन। र्‍याटक्लिफले यसअघि प्रिमियर लिगकै अर्को क्लब चेल्सी लिनका लागि अन्तिमसम्म बिड गरेका थिए।

उनी रासायनिक समूह आईएनईओस बहुसंख्यक सेयरहोल्डर हुन् जसको फ्रान्सेली क्लब नाइस, स्विस क्लब लुसेन-स्पोर्ट, साइक्लिङ टिम इनियोस ग्रेनेडियर्स र मर्सिडीज फर्मुला वान टोलीसँग साझेदारी छ।

इलोन मस्कको ठट्टा

यसअघि अमेरिकी धनाड्य इलोन मस्कले पनि युनाइटेड किन्न लागेको जनाएका थिए। यद्यपि पछि युनाइटेड किन्ने भनेर गरेको ट्वीट 'ठट्टा' मात्र भएको जनाएका थिए।

बुधवार बिहान ट्वीट गर्दै उनले आफू 'म्यान यू' किन्न लागेको मस्कले जनाएका थिए। आफू आधा रिपब्लिकन र आधार डेमोक्रेट भएको भन्दै उनले यस्तो बताएका थिए। त्यसपछि विश्वभरका मिडियामा हेडलाइन बन्यो : म्यानचेस्टर युनाइटेड किन्दै इलोन मस्क।

मस्कले ट्वीट गर्दै लेखेका थिए: म म्यानचेस्टर युनाइटेड किन्दैछु, स्वागत छ। तर, जब उनलाई उनको ट्वीटको गाम्भीर्यताबारे प्रश्न सोधियो उनले प्रत्युत्तरमा भनेका छन् : होइन, यो ट्वीटरमा चलिरहने ठट्टा हो। म कुनै खेलकुदको क्‍लब किन्ने छैन।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×