नेपाली क्रिकेट टीम अस्ट्रेलिया टूर जाने तयारीमा

काठमाडौँ - नेपाली क्रिकेट टीमले अस्ट्रेलियामा मैत्रीपूर्ण खेल खेल्ने तयारी गरेको छ। नेपाल क्रिकेट संघ (क्यान) का कार्यबाहक सचिव प्रशान्तविक्रम मल्लले नेपाली टीम सेप्टेम्बरको अन्तिममा अस्ट्रेलियाको भ्रमण गर्ने तयारीमा रहेको जानकारी दिएका छन्।

क्यानले अस्ट्रेलियाको इम्पायर स्पोर्टसले नेपाली टीमको सबै खर्च र त्यहाँका स्टेट टीमहरुसँग मैत्रीपूर्ण खेलको व्यवस्था गर्नेबारे छलफल अघि बढाएको मल्लले बताएका छन्।

नेपाली टीम स्कटल्यान्डमा हुने आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको त्रिदेशीय सिरिजको तयारीका लागि क्यानाडा भ्रमणमा रहेको छ।

स्कटल्यान्डको सिरिजपछि नेपालमा प्रशिक्षण गर्न मौसम अनुकूल नहुने भएकाले नेपाली टीम अस्ट्रेलिया जाने तयारीमा रहेको क्यानका महाप्रबन्धक वृतान्त खनालले जानकारि दिएका हुन्।

‘खेलबारे मिति तय भएको छैन। नेपाली टीम अस्ट्रेलिया पठाउने तयारीमा जुटेका छौं। चाँडै सबै जानकारी गराउँछौं’, खनालले भने।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×