फिफाद्वारा भारतलाई अनिश्चित प्रतिबन्ध

काठमाडौँ - विश्व फुटबलको सर्वोच्च निकाय फिफाले भारतमाथि प्रतिबन्ध लगाएको छ। फिफाको यस निर्णयसँगै भारतले अब अन्तर्राष्ट्रिय रुपमा क्लब तथा राष्ट्रिय टोलीको प्रतियोगिता खेल्ने छैन। भारतका क्लबले पनि एएफसीको अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन पाउने छैनन्।

भारतले अक्टोबरमा आयोजना गर्ने तयारी गरेको यू-१७ महिला विश्वकप पनि अब अन्यत्र सर्ने भएको छ। अल इन्डिया फुटबल फेडेरेसन (एआईएफएफ) मा बाहिरी शक्ति हावी भएको भन्दै फिफाले अनिश्चितकालीन प्रतिबन्ध लगाएको हो।

प्रशासनिक समस्या समाधान गर्नका लागि भएको सहमतिको ‘रोडम्याप’बाट विचलित भएको भन्दै फिफाले भारतीय फुटबललाई प्रतिबन्ध लगाएको हो।

भारतको सर्वोच्च अदालतले गएको मेमा भारतीय फुटबल संघ (एआईएफएफ) लाई विघटन गरेर ३ सदस्यीय तदर्थ समिति बनाई खेलको व्यवस्थापन, विधान संशोधन र १८ महिनादेखि हुन नसकेको निर्वाचन गराउने जिम्मेवारी दिएको थियो।

संघको चुनाब विगत दुई वर्षदेखि हुन सकेको छैन। अहिले एआईएफएफको विभिन्न मुद्दा अदालतमा छ। तर, स्वतन्त्र चुनाब नभएपछि फिफाले प्रतिबन्ध लगाएको हो।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×