काठमाडौँ - सहयात्रा नेपालले झापास्थित माई नगरपालिकास्थित अस्पताललाई विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ।
कोरोना सङ्क्रमण नियन्त्रण र उपचारका लागि उक्त सामग्री प्रदान गरिएको हो। अस्पताललाई अक्सिजन कनसर्नटेटर एक थान, प्यासेन मनिटर एक थान, सक्सन मेसिन एक थान, अक्सिमिटर दुई थान, नेवुलाईजर एक थान, सेनिटाईजर १० लिटर, डिजिटल थर्मोमिटर १० थान र माक्स २० प्याकेट प्रदान गरिएको हो। स्वास्थ्य सामग्रीको सहीरुपमा उपयोग गरिने माई नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख पुष्कर कट्टेलले बताए। संस्थाकी अध्यक्ष हेमकुमारी शिवाले माई नगरपालिकाका प्रमुख दीपककुमार थेवेलाई सामग्री हस्तान्तरण गरेकी हुन्। काठमाडौँको ‘टेवा’ संस्थाको आर्थिक सहयोगमा सामग्री उपलब्ध गराइएको शिवाले बताएकी छन्।
यसअघि, फाकफोकथुम गाउँपालिकाको आमचोक स्वास्थ्य चौकीलाईसमेत स्वास्थ्य सामग्री वितरण गरिएको सहयात्रा नेपालकी सदस्य सविता पाण्डेले जानकारी दिइन्।