पशुपतिमा सजाइएको फूल चोरी हुन थाल्यो

काठमाडौं - पशुपतिनाथ मन्दिरमा महाशिवरात्रीको लागि सजाइएको फूलहरू चोरी हुन थालेको छ। मन्दिर परिसरमा सजाइएका फूल २४ घण्टा पनि नबित्दै बिगार्न र चोर्न थालियो।

पशुपति क्षेत्र विकास कोषले मन्दिर परिसरदेखि मुख्य सडकसम्म फूल र मालाले झकिझकाउ बनाएको थियो। श्रद्धालुहरूको आकर्षणका लागि लाखौं खर्चेर सजाइएको फूलमा तस्बिर खिच्नेहरूलाई पालो पाउन सकेका थिएनन्। मन्दिरको सजावटका लागि झण्डै ५० लाख खर्च भएको थियो। मन्दिर सजावटमा दाताले आफूखुसीले खर्च गरेकोले कोषको रकम खर्च भएको थिएन।

दुई वर्षअघि पनि शिवरात्रिमा भारत, थाइल्याण्ड, अष्ट्रेलियाबाट ल्याएर सजाइएका फूलहरू चोरी भएको थियो।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×