देवचुली नगरपालिका प्रमुख–उपप्रमुखमा एमाले निर्वाचित

नवलपुर - नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को देवचुली नगरपालिका प्रमुख–उपप्रमुखमा नेकपा (एमाले)का उम्मेदवार निर्वाचित भएका छन्। देवचुली नगरपालिका प्रमुखमा एमालेका उम्मेदवार हरिप्रसाद न्यौपाने निर्वाचित भएका हुन्।

१२ हजार ८०६ मत ल्याएर नगरप्रमुखमा निर्वाचित भएका न्यौपानेका प्रतिस्पर्धी नेपाली काँग्रेसका अशोक बस्ताकोटीले ११ हजार २१० मतमात्रै प्राप्त गरे। अहिले नगरप्रमुखमा निर्वाचित न्यौपाने यसअघि सम्पन्न स्थानीय तह सदस्य निर्वाचन २०७४ मा काँग्रेसका पूर्णकुमार श्रेष्ठसँग पराजित भएका थिए। त्यसैगरी देवचुली नगरपालिकाको उपप्रमुखमा एमालेकै उम्मेदवार पार्वता तिवारी निर्वाचित भए।

तिवारीले १२ हजार ७४९ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र)का सत्यनारायण भुसालले आठ हजार २२८ मत प्राप्त गरे। अहिले नगर उपप्रमुखमा निर्वाचित तिवारी यसअघि सम्पन्न स्थानीय तह सदस्य निर्वाचन २०७४ मा समेत नगर उपप्रमुखममा निर्वाचित भएका थिए। १७ वटा वडा रहेको देवचुली नगरपालिकामा ११ वटा वडामा एमालेले वडाध्यक्ष जितेको छ भने छवटा वडामा काँग्रेसले वडाध्यक्ष जितेको छ।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×