साउथका अभिनेता बिजय बाबुमाथि लाग्यो यौन शोषणको आरोप

काठमाडौँ- मलयालम अभिनेता तथा निर्माता विजय बाबुविरुद्ध यौनहिंसाको मुद्दा दर्ता भएको छ। भारतीय मिडियामा प्रकाशित समाचारका अनुसार केरल प्रहरीले एक महिलाको उजुरीको आधारमा विजय बाबुमाथि यौन उत्पीडनको मुद्दा दर्ता गरेको छ। प्रहरीले २२ अप्रिलमा यसबारे उजुरी प्राप्त गरेको र त्यसपछि अभिनेताविरुद्ध उजुरी दर्ता गरेको जानकारी दिएको छ।

प्रहरीले दिएको जानकारी अनुसार अभिनेता विजय बाबुले कोच्चिमा एउटा फ्ल्याटमा उजुरीकर्तामाथि यौन शोषण गरेका थिए। कोझिकोड जिल्लामा बस्ने यी महिलाले आफूमाथि एकपटक मात्रै नभई बारम्बार यौन उत्पीडन भएको आरोप लगाइन् छिन्। विजय बाबुले उनलाई फिल्ममा अभिनयको मौका दिने बचन दिएको बताइएको छ। मुद्दा दर्ता भएको पाँच दिनभन्दा बढी समय भइसकेको छ तर प्रहरीले अहिलेसम्म अभिनेतालाई सोधपुछ नगरेको बताइएको छ।

थुप्रै हिट फिल्ममा काम गर्ने विजय बाबु मलयालम फिल्म इन्डष्ट्रिका एउटा चर्चित नाम हुन्। उनको फ्राइडे फिल्म हाउस नामको प्रोडक्सन हाउस पनि छ। उनले थुप्रै पुरस्कार पनि जितेका छन्।  यी आरोपबीच मलयालम सुपरस्टार विजय बाबुको बयान सार्वजनिक भएको छ। विजय बाबुले आफ्नो फेसबुक लाइभमा भने, ‘मैले केही गल्ती गरेको छैन, त्यसैले म डराउदिनँ। यहाँ म पीडित हुँ। जुन महिलाले ममाथि आरोप लगाएकी छिन् उनलाई म सन् २०१८ देखि चिन्दछु।’
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×