झापामा बसको ठक्करबाट पैदल यात्रीको मृत्यु

झापा - झापाको कमल गाउँपालिका- ५ सीतापुरमा गएराति बसको ठक्करबाट एक जना पैदलयात्रीको ज्यान गएको छ।

लु १ ख ८८३६ नम्बरको बसको इलाम निवासी ३९ वर्षीय कमल राईको ज्यान गएको हो। प्रहरीका अनुसार बस चालक रुपन्देही बुटवल नगरपालिका-९ बस्ने ५२ वर्षीय पूर्णबहादुर पौडेललाई पक्राउ गरिएको छ। इलाका प्रहरी कार्यालय दमकले दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएको छ।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×