ऋषि कपूरको अन्तिम चलचित्र 'शर्माजी नमकीन'को प्रदर्शन मिती घोषणा

भारत। स्वर्गीय कलाकार ऋषि कपूरको अन्तिम चलचित्र 'शर्माजी नमकीन'को प्रदर्शन मिती घोषणा गरिएको छ। यो कुराको जानकारी निर्माण पक्षले सामाजिक सञ्जालमार्फत दिएको हो। निर्माण पक्षले चलचित्रको दुई नयाँ पोस्टर सार्वजनिक गर्दै चलचित्रको प्रदर्शन मिती पनि सार्वजनिक गरेको हो। चलचित्र ३१ मार्चबाट ओटिटि प्ल्याटफर्म अमेजन प्राइम भिडियोमा स्ट्रीम गरिनेछ।

हितेश भाटियाको निर्देशनमा बनेको चलचित्रमा स्वर्गीय अभिनेता ऋषि कपूरका अलावा परेश रावल, जूही चावला, सुहैल नैयर, तारुक रैना, सतीश कौशिक, शीबा चड्ढा र ईशा तलवार पनि मुख्य भूमिकामा देखिनेछन्। जानकारीका लागि बताई दिउँ चलचित्रको आधा छायांकन सकिएपछि ३० अप्रिल २०२०मा  ऋषि कपूरको निधन भएको थियो। उनको निधनपछी परेश रावलले उनको भूमिका निभाएर चलचित्रको बाँकी छायांकन पुरा भएको हो।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×