झण्डै ३ वर्षपछि फिल्ममा कमव्याक गर्दै सोनाक्षी

काठमाडौँ - बलिउड अभिनेत्रीले सोनाक्षी सिन्हाले आफ्नो नयाँ फिल्म ‘निकिता रोय एण्ड द बुक अफ डार्कनेस’को पोस्टर सार्वजनिक गर्दै झण्डै ३ वर्षपछि दर्शकमाझ आउन लागेको जानकारि दिएकी छिन्। यो फिल्ममार्फत सोनाक्षीका भाइ कुश सिन्हाले निर्देशनमा डेब्यू गर्दैछन्।

‘फिल्मको सुटिङ चाँडै सुरु हुँदैछ। कुश सिन्हा यो फिल्मबाट आफ्नो निर्देशकमा डेब्यू गर्दैछन्। यो फिल्ममा परेश रावल र सोहेल नय्यरका साथ स्क्रिन शेयर गर्नेछु’, उनले सामाजिक सञ्जालमा लेखेकी छिन्।

फिल्मको पोस्टरमा सोनाक्षीको अनुहारको एक भाग देखाइएको छ। सोनाक्षीको यो फिल्ममा निकी भगनानी, विकी भगनानी र अंकुर टकरानीको लगानी हुनेछ।

सोनाक्षी पछिल्लोपटक सलमान खानको फिल्म ‘दबंग ३’मा देखिएकी थिइन्। तर फिल्म बक्सअफिसमा असफल साबित भएको थियो। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×