आमा बन्दै अभिनेत्री स्वेता खड्का

काठमाडौँ - अभिनेत्री स्वेता खड्का छिट्टै आमा बन्दैछिन्। प्रेमी विजयेन्द्र सिंह राठौतसँग विवाह गरेकी स्वेता आमा बन्ने खबर केही अगाडि सार्वजनिक भएको थियो।

पहिलो सन्तान जन्मदिने तयारीमा रहेकी स्वेता पछिल्लो समय सामाजिक संजाल बेबी बम्पसहित तस्बिर सार्वजनिक गरिहेकी छिन्। हाल पनि उनले केही तस्बिर सार्वजनिक गरेकी छिन्। जसमा उनी निकै खुसी देखिन्छिन्। केही तस्बिरमा उनको साथमा विजयेन्द्र पनि रहेका छन्।

अभिनेत्री श्वेताले गत मंसिरमा विजयेन्द्रसँग विवाह गरेकी हुन्। पछिल्लो समय अभिनयभन्दा व्यवसायमा सक्रिय उनी ‘फिल्म कहाँ भेटिएला’ मार्फत अभिनयमा डेब्यु गरेकी थिइन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×