काठमाडौँ - प्रतिनिधिसभामा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले अवरोध कायम राख्ने भएको छ। आज बस्ने प्रतिनिधि सभामा पनि एमालेले अवरोध कायम राख्ने भएको हो।
मंगलबार नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पत्रकार सम्मेलनमा सभामुख अग्निप्रसाद सापकोटाले राजीनामा दिनु पर्ने आफ्नो पार्टीको माग यथावत भएको बताएका थिए। आफ्नो पार्टीले १४ सांसद निलम्बन भएको सूचना सभामुख सापकोटाले टाँस नगरेको र यसले पार्टी विभाजन भएको ओलीले बताएका थिए।
उनले आफूहरुले सभामुखविरुद्ध महाअभियोग ल्याउन पनि सक्ने, नल्याउन पनि सक्ने बताएका छन्। ‘हामीले राजीनामा पर्खिरहेका छौँ, ससम्मान बहिर्गमित हुनुहोस्,’ उनले भने। पार्टीविरुद्ध राजनीतिक हिसाबले आपराधिक गतिविधि गर्ने सांसदलाई कारबाही सिफारिस सभामुखले कार्यान्वयन नगरेकाले सदनमा अवरोध गर्नुपरेको उनले बताएका थिए।