सन् २०२१ मा चीनको समग्र कर स्तर ७.४ प्रतिशत कायम

एजेन्सी।  चीनको समग्र भन्सार शुल्क स्तर सन् २०२१ मा ७.४ प्रतिशत रहने देखिएको छ । तथ्याङ्कअनुसार चीनले आफ्नो व्यापार क्षेत्रलाई सहज बनाउन राहत वितरण लगायतका विभिन्न उपाय अपनाएका यहाँको वाणिज्य मन्त्रालयले बिहीबार उल्लेख गरेको छ। 

चीन विश्व व्यापार संगठन (डब्ल्यूटीओ) मा प्रवेश गरेको २०औं वर्ष पुगेको छ। मन्त्रालयका प्रवक्ता गाओ फेङले भने, “विगत दुई दशकको दौडानमा चीन सधैं बहुपक्षीय व्यापार प्रणालीमा एक दृढ समर्थक, सक्रिय सहभागी र महत्वपूर्ण योगदानकर्ता भएको छ।

सन् २०१० मा वस्तुको आयात शुल्क १५.३ प्रतिशतबाट ९.८ प्रतिशतमा घटाउन डब्ल्यूटीओमा सामेल हुँदा चीनले गरेको प्रतिज्ञा पूरा भएको गाओले बताए। चीनले सन् २००७ सम्ममा सेवा क्षेत्रका नौ प्रमुख श्रेणीमा १०० उप–क्षेत्रहरू खोल्ने आफ्नो प्रतिबद्धता पनि पूरा गरेको थियो। अहिले मुलुकमा झण्डै १२० वटा उप–क्षेत्र खुलेको प्रवक्ता गाओले बताए। चीनले २६ देश र क्षेत्रसँग १९ वटा स्वतन्त्र व्यापार सम्झौतामा पनि हस्ताक्षर गरेको छ। 

कार्गोको आयातनिर्यात र भन्सार सहयोगजस्ता प्रक्रियाका लागि नियमावली निर्दिष्ट गरेको उनले बताए। यी सम्झौताले भन्सार प्रक्रियालाई सुव्यवस्थित गर्न, भन्सारको दक्षता बढाउन र सीमापार कार्गो प्रवाहमा सुधार गर्न सकारात्मक भूमिका निर्वाह गरेको देखिन्छ। 

चीनले आफ्नो मुख्य उद्देश्यमा डब्ल्यूटीओसँग बहुपक्षीय व्यापार प्रणालीलाई अवलम्बन गरिरहनेछ र डब्ल्यूटीओको सुधारमा सक्रियतापूर्वक भाग लिन गाउले बताए। विकासशील देशहरूको वैध अधिकार र हितको संरक्षण गर्नेछ र बहुपक्षीय व्यापार प्रणालीको समावेशी विकासलाई बढावा दिनेतर्फ पनि चीन सचेत रहेको उमको भनाइ छ।  

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×