बेलायतले कोभ्याक्स सुविधामार्फत उपलब्ध गराउने २१ लाख ७४ हजार मात्रामध्येको ८ लाख ६२ हजार ८० मात्रा आइपुग्यो नेपाल

काठमाडौँ- बेलायत सरकारले कोभ्याक्समार्फत उपलब्ध गराएको कोराना भाइरस विरुद्धको खोप एस्ट्राजेनेकाको सोमबार ८ लाख ६२ हजार ८० मात्रा नेपाल आइपुगेको छ। बेलायत सरकारले कोभ्याक्स सुविधामार्फत उपलब्ध गराउने २१ लाख ७४ हजार मात्रामध्येको खोप नेपाल आइपुगेको स्वास्थ्य सेवा विभागका आपूर्ति व्यवस्थापन शाखाका प्रमुख सुरेन्द्र चौरसियाले जानकारी दिए।

उनका अनुसार आगामी फागुन १ गते १३ लाख १२ हजार मात्रा बाँकी खोप आउने छ। अहिलेसम्म नेपालमा चार करोड ६६ लाख मात्राभन्दा बढी खोप नेपाल आइसेकेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म ३ करोड ४० लाख ८४ हजार ८६८ मात्रा खोप नेपाल आइसकेको छ। जसमध्ये कुल जनसंख्याको ७०.६ प्रतिशतले कम्तिमा एक मात्रा र ५३.३ प्रतिशतले दुबै मात्रा खोप लगाइसकेका छन्।

यस्तै लक्षित जनसंख्याको ८८.४ प्रतिशतले पहिलो मात्रा र ७२.७ प्रतिशतले दुबै मात्रा खोप लगाइसकेका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×