‘२ नम्बरी’मा नायक पछि परिवर्तनको पालो नायिकाको

काठमाडौँ – पल शाह हिरासतमा गएपछि हिरो परिवर्तन गर्न बाध्य भएको ‘२ नम्बरी’को निर्माण टिमले कलाकारको श्रृंखलालाई जारी राखेको छ। हिरो परिवर्तन भएसँगै टिमले हिरोइन पनि परिवर्तन गर्न लागेको हो। 

वर्षाको समय र ‘२ नम्बरी’को सुटिङ समय जुधेका कारण वर्षालाई पनि परिवर्तन गर्नुपर्ने अवस्था सृजना भएको निर्माण टिमले जनाएको छ। वर्षाले ‘२ नम्बरी’ले मागेको डेटमै वेब सिरिजको सुटिङका लागि समय दिएपछि निर्माण पक्ष र वर्षाबीच सहमतिमै नयाँ हिरोइन खोज्ने सहमति भएको बताइएको छ।

निर्माण पक्षले वर्षाको ठाउँमा उपासना सिंह ठकुरीलाई लिने तयारी गरिरहेको बताइएको छ। निर्माण सम्बद्ध स्रोतका अनुसार उपासनाको परीक्षा चलिरहेका कारण औपचारिक सम्झौता भइनसके पनि उनी फिल्ममा काम गर्न भने राजी भइसकेकी छिन्। निर्माण पक्षले भने औपचारिक रुपमा नाम खुलाइ सकेको छैन।

यस फिल्ममा पस शाहको ठाउँमा सौगात मल्ल अनुबन्धित भइ सकेका छन्। यससँगै फिल्ममा सौगातसँगै दयाहाङ राई, उगेन छोदेनको मुख्य अभिनय रहनेछ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×