एथलेटिको बिल्वाओको मुख्य प्रशिक्षकमा अर्नेस्टो भाल्भेर्डे

काठमाडौँ - क्याटलान क्लब बार्सिलोनाका पूर्व प्रशिक्षक अर्नेस्टो भाल्भेर्डे पुनः एथलेटिको बिल्वाओको मुख्य प्रशिक्षक बनेका छन्।

भाल्भेर्डेले क्लबको मुख्य प्रशिक्षण सम्हाल्ने बिल्वाओले पुष्टि गरेको छ। भाल्भेर्डे तेस्रो पटक बिल्बाओको मुख्य प्रशिक्षकमा नियुक्त भएका हुन्।

सन् १९९० देखि १९९६ सम्म बिल्बाओबाट व्यवसायिक फुटबल पनि खेलेका भाल्भेर्डेले यसअघि सन् २००३ देखि २००५ सम्म र त्यसपछि २०१३ देखि २०१७ सम्म बिल्बाओको प्रशिक्षण सम्हालेका थिए। भाल्भेर्डे बिल्बाओको इतिहासमा सबैभन्दा धेरै खेलसम्म टिमको प्रशिक्षण सम्हाल्ने प्रशिक्षक हुन्। उनको प्रशिक्षणमा बिल्बाओले ३ सय ६ खेल खेलेको छ।

भाल्भेर्डेको प्रशिक्षणमा बिल्वाओले २०१५-१६ को सिजनमा स्पेनिस सुपर कोपाको उपाधि जितेका थिए। त्यसपछि भाल्भेर्डे २०१७ मा बार्सिलोनाको मुख्य प्रशिक्षक बनेका थिए।

बार्सिलोनाबाट भाल्भेर्डेले २ पटक ला लिगा र १ कोपा डेल रेको उपाधि जिताएका थिए। २०१८ को च्याम्पियन्स लिगमा असफल भएपछि बार्सिलोनाले उनलाई सन् २०१९ मा बर्खास्त गरेको थियो।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×