भोलिदेखि एमाले गण्डकी प्रदेश अधिवेशन

काठमाडौँ - नेकपा एमाले गण्डकी प्रदेश कमिटीको सोमबार सुरु हुने अधिवेशनको तयारी पूरा भएको छ। अधिवेशनको नेपका एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नेछन्।

अधिवेशनको खुला सत्र अम्मरसिंह मैदानमा र बन्द सत्र पोखरा सभागृहमा हुने प्रचारप्रसार उपसमिति संयोजक रश्मि आचार्यले जानकारी दिए।

अधिवेशनमा ९०७ प्रतिनिधि सहभागी हुनेछन्। सबैभन्दा धेरै कास्कीबाट १४६ जना सहभागी हुनेछन्। स्याङजाका ११३, पर्वतका ११०, नवलपुरका १०९, तनहुँका ८२, बाग्लुङका ७२, लमजुङका ६५, गोरखाका ५३, म्याग्दीका ४२, मुस्ताङका १६, मनाङका १४ प्रतिनिधि सहभागी हुने आचार्यले जानकारी दिए। जनसंगठनबाट ८६ जना प्रतिनिधि आउनेछन्। प्रतिनिधिका लागि पोखरामा २१ होटल बुक गरिएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×