निकुञ्जमा ६३ बन्यजन्तु मरे

चितवन। चितवन राष्ट्रिय निकुञ्जमा चालू आर्थिक वर्षको हालसम्म ६३ वन्यजन्तु मरेका छन्। ती मध्ये  सबैभन्दा बढी गैँडा र चित्तल छन्। निकुञ्जको तथ्याङ्क अनुसार १० भाले सात पोथी र दुई लिङ्ग नछुट्टिएका अवस्थामा गैँडा मृत फेला परेको हो। प्राकृतिक कारणबाट बुढो भएर पाँच, दलदलमा परेर पाँच, पानीमा डुबेर दुई, जुँधेर चार, बाघको आक्रमणबाट एउटा गैँडा मरेका हुन्। गत साउन १२ गते माडीको घाँगर क्षेत्रमा भेटिएको र गत असोज ११मा धोवा क्षेत्रमा भेटिएको गैँडा चोरी शिकारबाट मरेको हुनसक्ने अनुमान निकुञ्जको छ। सरकारी हात्ती पालेका अवस्थामा बुढो भएर मरेको छ। 

खोरिया मुहानमा रहेको ७५ वर्षको पोथी हात्ती मरेको होे। सोही सङ्ख्यामा चित्तल मरेका छन्। निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार १५ पोथी र ४ भाले चित्तल मरेका हुन्। अधिकांश भुस्याहा कुकुरको टोकाइबाट मरेका जनाइएको छ। यसैगरी एक भाले र एक पोथी बाघ मरेका छन्। खोरमा उपचारका क्रममा एउटा र बिरामी भएको अवस्थामा अर्को मरेको उनले जानकारी दिए। 

त्यस्तै प्राकृतिक कारणबाट एक भाले र एक पोथी भालु मरेका छन्। ६ भाले र चार पोथी अर्ना यसै अवधिमा मरेको निकुञ्जले जनाएको छ। एक भाले र एक पोथी रतुवा, एक भाले र एक पोथी लगुना, दुई पोथी र एक भाले जरायो, एक पोथी मगर गोही र अन्य तीन वटा विभिन्न जनावर मरेको तिवारीले बताए। मगर गोही गाडीले किचेर मरेको हो। 

निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले प्राकृतिक कारणले मर्ने वन्यजन्तुको सङ्ख्या घटाउन आवश्यक सावधानी अपनाइएको जानकारीदिए। निकुञ्जभित्र चोरी शिकारीका कारणले भन्दा प्राकृतिक कारणले अधिकांश वन्यजन्तु मरेका हुन्। निकुञ्ज बाहिर राष्ट्रिय वन र वरण्डाभार क्षेत्रमा सवारी साधनले किचेर मरेका वन्यजन्तुको तथ्याङ् डिभिजन वन कार्यालयले राख्ने गर्दछ। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×