काठमाडौँ - शुक्रबारबाट सिनेमा हलमा दीपेन्द्र के खनालको निर्देशनमा बनेको फिल्म ‘चिसो मान्छे’ प्रदर्शनमा आएको छ। बहुप्रतिक्षित फिल्म आज शुक्रबारदेखि नेपालसँगै अमेरिका र क्यानडालगायतका देशमा पनि प्रदर्शनमा आएको हो।
स्वस्तिमा खड्का, अर्पण शर्मा, देशभक्त खनाललगायतका कलाकारको मुख्य भूमिका रहेको फिल्ममा कोरोना कालमा विदेशमा मृत्यु भएर लास नेपाल आएपछि घर लैजाँदाको कथालाई देखाइएको छ।
फिल्म सुदूरपश्चिमको भूगोलमा छायांकन गरिएको छ। फिल्मलाई शर्मिला पाण्डेले निर्माण गरेकी छिन्।
त्यस्तै, हलमा यसअघिका साता प्रदर्शनमा आएका ‘कबड्डी ४ः द फाइनल म्याच’, ‘चार्ली ७७७’, ‘विक्रम’, ‘भुलभुलैया २’, ‘जुरासिक पार्क डोमिनियोन’ र ‘डप गनः माभेरिक’ पनि प्रदर्शनरत छन्।