गभर्नर प्रकरणमा समितिले काम थाल्यो

काठमाडौँ - नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको बारेमा छानबिन गर्न सरकारले गठन गरेको समितिले काम थालेको छ। मन्त्रिपरिषद् बैठकले ११ दिनअघि गभर्नर अधिकारीमाथि छानबिन गर्न छानबिन समिति गठन गरेको थियो। समिति गठनसँगै उनी स्वतः निलम्बित भएका हुन्।

त्यतिखरै अधिकारीलाई निलम्बनको पत्र दिइएको थियो । तर, यसबीचमा समितिको काम सुरु भएन। सरकार यो प्रक्रिया लम्ब्याउने मनसायमा रहेको बुझेपछि गभर्नर अधिकारी निलम्बन खारेजीको माग राख्दै आइतबार सर्वोच्च अदालत पुगेका छन्।

गभर्नर सर्वोच्च पुगेपछि सरकारलाई बल्ल छानबिन समितिको याद आएको राष्ट्र बैंक स्रोतले जनायो। गभर्नर अधिकारीले दायर गरेको मुद्दा सर्वोच्चमा दर्ता भएको छ र त्यसको पेसी मंगलबार तोकिनेछ। सरकारले पूर्व न्यायाधीश पुरुषोत्तम भण्डारीको नेतृत्वमा तीन सदस्यीय जाँचबुझ आयोग समिति गठन गरेको छ। आजको कारोबार दैनिकमा समाचार छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×