रोहितसम्मिलित टोली पराजित

काठमाडौँ - दुई महिनाभन्दा लामो समयपछि सुरु भएको इन्डोनेसिया लिग वानमा नेपाली राष्ट्रिय टोलीका रोहित चन्द सम्मिलित पेर्सिक केडिरीको हारको सिलसिला रोकिएन। बुधबार भएको खेलमा पेर्सिक पेर्सिबसँग ३-० ले पराजित भएको थियो।

यसै साता इन्डोनेसिया पुगेका रोहितले बुधबार पूरा समय खेलेका थिए। पेर्सिकले पहिलो हाफमा २ र दोस्रो हाफमा १ गोलको सामना गरेको थियो। लिगका १२ खेलमा ८ हार र ४ बराबर खेलेको पेर्सिकले अहिले सम्म जितको खाता खोल्न सकेको छैन। ४ अंकसहित टोली १८ सहभागी लिगको पुछारमा रहेको छ।

रोहित यहि सिजन पर्सिजा जाकार्ता छाडेर पेर्सिकमा आबद्ध भएका थिए। असोज १५ गते एक खेलपछि भएको भाग दौडमा कम्तीमा १ सय २९ जनाको ज्यान गएपछि त्यहाँको लिग स्थगित थियो। त्यसयता यसै साता लिग पुन सुरु भएको थियो। लिग स्थगित हुँदा रोहित स्वदेश फर्केका थिए।

रोहितले कात्तिक ३० गते पाकिस्तानविरुद्ध भएको खेलमा नेपाली टोलीको कप्तानी गरेका थिए। त्यसमा अन्जन विष्टको गोलमा नेपालले पाकिस्तानलाई १-० ले हराएको थियो। नियमित कप्तान किरण चेम्जोङ भारतीय लिग (आइ लिग) मा व्यवस्त रहेका कारण अखिल नेपाल फुटबल संघ (एन्फा) ले रोहितलाई कप्तानको जिम्मेवारी दिएको थियो।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×