अन्तत: संगीतकार बसन्त सापकोटाले मागे माफी

काठमाडौँ । चर्चा र विवादमा रहेको गीत ‘नोगेन’ समबन्धि नयाँ अपडेट आएको छ। गीतमा रहेको संगीत चोरीएको आरोप लगाएका संगीतकार बसन्त सापकोटाले अहिले माफी मागेका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत सो गीतका संगीतकार महेश खड्कासँग माफी मागेका हुन्।

बसन्त सापकोटाले लगाएको आरोप प्रमाणित नभए मानहानिको मुद्दा हाल्ने महेश खड्काले एक कार्यक्रमबिच बताएका थिए। सापकाेटाले आफ्नाे संगीत रहेकाे चलचित्र ’सिलसिला’काे गीत ‘सागरसरी’बाट संगीत चाेरेकाे आराेप खड्कालाई लगाएका थिए। 

सञ्जालमा उनले लेखेका छन् ‘जानीनजानी मनिसबाट गल्ती हुन्छ र कुराहरु जति धेरै बढाउँदै लग्यो त्यति नै बिग्रँदै जाने हुनाले आफूबाट केही गल्ती भएको भए भने सबै जनासँग माफी माग्दछु। सुषुप्त मनभित्र कहिलेकाहीँ राम्रो धुनहरु बस्न जान्छन् कहिलेकाहीँ एकै खालका शब्दहरु आउँदा धुन पनि मिल्न जान्छ यही कुरालाई हृदयङ्गम गर्दै आदरणीय दाजु महेश खड्कासँग आगामी दिनमा केही असमजदारी देखा परे मिलेर समाधान गर्नेगरी मेरो तर्फबाट पर्न गएको असुवधिाप्रति माफी चाहन्छु।’

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×