भैरहवास्थित विशेष आर्थिक क्षेत्रले ५ वर्षमा समेत हात पारेन सफलता

काठमाडौँ - रुपन्देहीको भैरहवामा पाँच वर्षअघि स्थापना भएको विशेष आर्थिक क्षेत्र(सेज)ले अपेक्षित सफलता हासिल गर्न सकेको छैन।

निर्यातलाई बढाएर व्यापार घाटा कम गर्ने उद्देश्यका साथ जिल्लाको रोहिणी गाउँपालिका–१ बगहामा अवस्थित सेजले सफलता प्राप्त गर्न नसकेपछि सरकारको उद्देश्य पूरा हुनसकेको छैन। छ उद्योग सञ्चालनमा रहेको सेजमा केही उद्योगले चार वर्षदेखि निर्यात गरिरहेका छन् तर उत्पादनको ६० प्रतिशत निर्यात गर्ने दुई उद्योग मात्रै रहेको विशेष आर्थिक क्षेत्र(सेज) भैरहवाले जनाएको छ।

सेज परिसरमा हाल ब्रिलिएन्ट एलइडी, शक्ति मिनरल, विस्तार कम्पनी, पञ्चकन्या उद्योग, जयबुद्ध र एस पोलिमरले उत्पादन गरिरहेका छन् र तिरुपति मेटल पनि सञ्चालनको तयारीमा रहेको छ।  विसं २०७६ देखि निर्यात गर्न लागेको तीन उद्योगमध्ये आर्थिक वर्ष २०७६–७७ मा ब्रिलिएन्टले ५८ प्रतिशत, शक्ति मिनरलले २४ प्रतिशत र विस्तारले शतप्रतिशत निर्यात गरेका थिए। त्यस्तै, आर्थिक वर्ष २०७७-७८ मा ब्रिलिएन्टले २४, शक्तिले २.५ प्रतिशत, विस्तारले ९९ र पञ्चकन्याले २ प्रतिशत मात्र निर्यात गरेको विशेष आर्थिक क्षेत्र (सेज) ले जनाएको छ।

विशेष आर्थिक क्षेत्र (सेज) का कार्यकारी निर्देशक चण्डीका भट्टले विशेष आर्थिक क्षेत्र (सेज) का उद्योगबाट राज्यले उत्पादनको खर्च कटौती गर्नुपर्ने उल्लेख गर्दै निर्यातको ‘थ्रेस होल्ड’ प्रभावकारी नभएको बताएका हुन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×