काठमाडौं । आज २०८० साल माघ १ गते सोमबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसारअमेरिकी एक डलरको खरिद दर १३२ रुपैयाँ ३८ पैसा र बिक्री दर १३२ रुपैयाँ ९८ पैसा पुगेको छ।
युरोको मूल्य सामान्य घटेको छ । हिजो १४५ रूपैयाँ १ पैसामा कारोबार भएको युरो एकको खरिद दर आज १४४ रुपैयाँ ९७ पैसा र बिक्री दर १४५ रुपैयाँ ६३ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ८३ पैसा र बिक्री दर १६९ रुपैयाँ ६० पैसा रहेको छ।
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २९ पैसा र बिक्री दर ३६ रुपैयाँ ४६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।