‘कटप्पा’लाई कोरोना संक्रमण

भारत। दक्षिण भारतीय कलाकार अभिनेता सत्यराज कोरोना संक्रमित भएका छन्। चलचित्र ‘बाहुबली’बाट चर्चामा आएका ‘कटप्पा’को भूमिका निभाउने कलाकार सत्यराजलाई स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना गरिएको छ। भारतीय सञ्चार माध्यमहरुका अनुसार उनलाई चेन्नईको एक निजी अस्पतालमा भर्ना गरिएको छ। चलचित्र छायांकनको क्रममा उनलाई कोरोना संक्रमण देखिएको सञ्चारमाध्यमले जनाएको छ।

सामाजिक सञ्जालमा उनका प्रशंसकहरुले उनको शीघ्र स्वास्थ्य लाभको कामना गरिरहेका छन्। तमिलनाडुको कोयंबटुरमा बस्ने सत्यराजको स्वास्थ्य परीक्षण रिपोर्ट सुरुमा पोजेटिभ देखिनासाथ उनी घरमै क्वारेन्टिनमा थिए। उनको वास्तविक नाम भने रंगराज सुब्बैया गौडर हो। सत्यराज उनको पेशेवर नाम हो।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×