गोरखा। पृथ्वी जयन्तीको दिन पुस २७ गते गोरखा नगरपालिकाले सार्वजनिक बिदा दिने भएको छ। नगर कार्यपालिकाको बैठक बसेर सार्वजनिक बिदा दिने निर्णय गरेको हो। अघिल्लो वर्ष पनि गोरखामा बिदा दिइएको थियो।
सोमबार सूचना जारी गर्दै पृथ्वी जयन्तीमा बिदा दिने निर्णय भएको जानकारी दिइएको हो। ‘पृथ्वी जयन्तीको दिन नगरपालिकाका कार्यालय, वडा कार्यालयहरू, नगरपालिका अन्तरगतका सबै संस्थाहरूमा सार्वजनिक बिदा हुनेछ,’ सूचनामा भनिएको छ।