काठमाडौँ - युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलिन्स्किी र बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनबीच फोनमा कुराकानी भएको छ। शनिबार उनीहरुले खासगरी युक्रेनको पछिल्लो अवस्था र यहाँका लागि आवश्यक रहेको प्रतिरक्षा सहयोगका बारेमा कुराकानी भएको बताइएको छ। सो कुराको जानकारी युक्रेनका राष्ट्रपति जेलिन्स्किले दिएका छन्।
युक्रेनका राष्ट्रपति जोलिन्स्किीले सामाजिक सञ्जालमा लेखेका छन्, "हामीले युक्रेनका लागि आवश्यक प्रतिरक्षा सहयोगका बारेमा कुराकानी गर्यौँ र यो सहयोगलाई थप प्रवर्द्धन गर्ने बारेमा समझ्दारी भएको छ।" त्यस अवसरमा युक्रेनका राष्ट्रपति जेलिन्स्किीले संकटका बेलामा युक्रेनका लागि आवश्यक इन्धन आपूर्तिका विषयमा पनि कुराकानी भएको थियो।
यसअघि यसै महिनाको सुरुआतमा बेलायती प्रधानमन्त्री जोन्सनले युक्रेनका लागि १ अर्ब ६४ करोड अमेरिकी डलर बराबरको सैन्य सहयोग उपलब्ध गराउने घोषणा गरेका थिए।