इञ्जिनीयर कुँवरलाई मानार्थ उपाधि

काठमाडौँ । फ्रान्सको पेरिसस्थित युरोपियन इन्टरनेशनल युनिभर्सिटीले नेपालका एक उद्यमी इञ्जिनियर दीपक कुँवरलाई मानार्थ डाक्टर उपाधि प्रदान गरेको छ।

सो युनिभर्सिटीका ग्लोबल प्रमोटर डा. अजय देसाईले मङ्गलबार विज्ञप्तिमार्फत एक कुशल व्यवस्थापकसमेत रहेका कुँवरलाई नेपालका विविध व्यवसायको व्यवस्थापनमा कुशल नेतृत्व प्रदान गरेकाले सो उपाधि प्रदान गरिएको जानकारी दिएका हुन्। सो विज्ञप्तिमा थाइल्याण्डको राजधानी बैंककमा आगामी फेबु्रअरीमा एक कार्यक्रम गरी सो उपाधि प्रदान गरिने जनाइएको छ।

नेपाल घरजग्गा व्यवसायी महासङ्घको द्धितीय उपाध्यक्ष इञ्जिनियर कुँवर गुणस्तरीय हाउजिङ तथा अपार्टमेन्ट निर्माणमा पनि संलग्न छन्। उनी हाल ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीका अध्यक्ष हुरहेका छन्। उनी अध्यक्ष रहेको ल्होत्से बहुउद्देश्यीय प्रालिले गोंगबुस्थित नयाँ बसपार्कलाई अन्तर्राष्ट्रियस्तरको बसपार्क बनाउने अभियान पनि सञ्चालन गरिरहेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×